20200317_105020
  • June 29, 2020 9:23 am
  • Hounslow, London
New
On Call

पुर्खालाई शान्ति के मिल्ला ?
नेपाली तिमी विरका सन्तान विर विरन्गनाहरु
उठ्नेबेला भयो उठ सब नेपालीजनहरु /
छिमेकी बढे दाई भन्दै मिच्दै आयो किल्ला
उठ्नेबेला भयो अब पनि नउठे पुर्खालाई शान्ति के मिल्ला?

हे नेपाली जब जब तिमीमा आपत बिपत आइपर्छ
गोमन साप रुपी छिमेकी तेही मौका छोपी बिष बमन गर्छ /
कहिले भूकम्पको मौका छोपी नाकाबंधी गर्छ
त कहिले कोरोनको कहरमा कैयौ हेक्टर भुमि मिच्छ /

छाडी देउ जात भात अनि बन सब एक नेपाली
सम्झ तिम्रा पुर्खा अंग्रेज भगाउने ति बहादुर गोर्खाली /
अब तिमि कडे तार बन्नु छ कात्रो बोकी जाऊ लिपुलेक
तिम्रो तेही रगत हो टिस्टा हुदै फेरि कागड़ा टेक/

चौध लाख सेना भन्छ तिन करोड नेपाली विर देख्दैन
ट्यांकर, गोला, बारुद केहिसंग नेपाली हो झुक्दैन /
छिमेकी बढे दाई भन्दै मिच्दै आयो किल्ला
उठ्नेबेला भयो अब पनि नउठे पुर्खालाई शान्ति के मिल्ला?

Yubraj Giri

Leave a Review